

फिल्मकर्मी अधिकारीले किन गरे कार्यालयमै आत्महत्या ?

काठमाडौं – चलचित्र छायाँकार जनकराज अधिकारीले आफ्नै कार्यालयमा आत्महत्या गरेका छन् । चलचित्र प्राविधिक संघका अध्यक्ष समिर लामाका अनुसार उनले आफ्नै कार्यालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनको मृत्यु भएको खबरपाएपछि निकै दुखद बनेकी चलचित्र अभिनेतृ करिस्मा मानन्धरले पनि पुराना छायाँकनका क्षण स्मरण गरेकी छिन् । लामो समयदेखि चलचित्र छायाँकनमा सक्रिय अधिकारी सयौँ चलचित्र र म्युजिक भिडियो छायांकन गरेका छन् ।
उनले आफ्नै कार्यालयमा किन आत्महत्या गरे भन्ने विषयमा खुल्न नसकेकोले प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी काठमाडौंको गोङ्गवुस्थित आफ्नै अफिस जेसिका फिल्मस प्रालिको कार्यालयमा आज साँझ मृत फेला परेका हुन् ।

