लद्दाख वार्ताः भारत र चीनको आ–आफ्नै तयारी


लद्दाख – पूर्वी लद्दाखमा सीमा क्षेत्रलाई लिएर भारत र चीनबीच नवौँ चरणको वार्ता भइरहेको छ तर त्यहाँको अवस्था शान्त हुने संकेतहरु देखा परेका छैनन्। सञ्चारमाध्यमका अनुसार चिनियाँ सेनाले तिब्बतमा आर्टिलरी गन, स्वचालित होवित्जर र सरफेसटू मिसाइल इकाइको तैनाथी बढाएको छ।

इण्डियन नेशनल सिक्योरिटी प्लानर्सका अनुसार पीएलए तीनवटै क्षेत्रमा नयाँ तैनाथी गरिरहेको छ र सैनिकलाई भारी सैन्य उपकरणका साथ एक ठाउँबाट अर्काे ठाउमा स्थानान्तरण गरिरहेको छ ।

यता टाइम्स अफ इण्डियाका अनुसार सीमामा तनावकै बिच भारतले पनि एलएसीमा निगरानी बढाउने तयारी गरेको छ। खबर अनुसार भारतले चीनसँगको सीमामा आफ्नो सर्विलान्स क्षमता बढाउने तयारी गरेको हो। त्यहाँ भारतले ठूलो मात्रामा ड्रोन, सेन्सर, सैनिक सर्वेक्षण र इलेक्ट्रोनिक युद्ध उपकरण तैनाथ गर्नेछ।

प्रतिक्रिया