मेचु र साहिलको स्वरमा ‘सिंगो संसार’ सार्वजनिक


काठमाडाैं – गायिका मेचु धिमाल र साहिल लिम्बुको सिंगो संसार सार्वजनिक भएको छ ।

गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाका हालेकी छिन् । मेचुलाई स्वरमा साथ दिएका छन्, साहिल लिम्बुले । उनी पनि भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक हुन् ।

गीतमा गायिका मेचु धिमालको शब्द तथा संगीतको हो । किरण राईको छायाँकन तथा सम्पादन तथा मेचु धिमालको निर्देशन भिडियोमा रहेको छ । ’सङ्गो संसार’ गीतमा मेचु र साहिलको अभिनय समेत देख्न सकिन्छ । गीतमा मायामा रहेका प्रेमील जोडिको रचनात्मक प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ ।

प्रतिक्रिया