गृह नदिने प्रचण्डको अडानसँगै सरकारबाट बाहिरिने लामिछानेको चेतावनी


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरे पछि प्रचण्ड त्यसबारेमा सकारात्मक नभएपछि रविले सरकारबाट बाहिरिने चेतावनी दिएको जनाइएको छ ।

नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुनः नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै पुनः पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए।

प्रधामन्त्री प्रचण्ड भने रविलाई गृह दिन इच्छुक छैनन्। उनले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न चाहेका छन्।

प्रतिक्रिया