


बारामा गोली लागेर भारतीय व्यापारीको मृत्यु

बारा – बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
२ वटा मोटरसाइकलमा ५ जनाको समूहमा आएका व्यक्तिहरूले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बाराको गढीमाई नगरपालिका २ बरियारपुर भुतही पुल नजिकै सो घटना भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।
सो घटनामा भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ ।

