बलिउड अभिनेता विवेक ओवरायद्वारा अन्नपूर्ण केबुलकारको भ्रमण


पोखरा – बलिउड अभिनेता विवेक ओवरायले अन्नपूर्ण केबलकारको भ्रमण गरेका छन् । गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले आइतबार परिवार सहित केबलकारको भ्रमण गरेका हुन् ।

परिवार सहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट साराङ्कोटसम्म यात्रा गरेका हुन् । केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दृश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको सुनाए ।

अभिनेता ओवरायलाई अन्नपूर्ण केबुलकारका बजार प्रबन्धक अरुण कोइरालाले केबुलकारमा स्वागत गरेका थिए ।

प्रतिक्रिया