

खोटाङमा भिषण आगलागी, आगो नियन्त्रणमा लिने प्रयास जारी

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका-४ बाक्सिला बजारमा भिषण आगलागी सुरु भएको छ ।
सोमबार साँझ बाक्सिला बजारमा आगलागी सुरु भएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए । आगलागीमा दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर जलेको छ ।
आगो फैलिन नदिन अहिले जेसिभि र स्काभेटर प्रयोग गरेर अकबर राईको घर भत्काउने काम भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

