महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न


काठमाडाैं – नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरुको उत्पादन प्रबद्र्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो ।

करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरूले सहभागिता जनाएका थिए । तालिमको समापन अवसरमा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरुलाइ मुलुकको आर्थिक कृयाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन् । चेम्बर महिलाले विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आइरहेको भन्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

सूचना प्रविधिमा महिला नामक संस्थाकी अध्यक्ष गुणकेशरी प्रधानले महिलाहरूको सशक्तिकरणका लागि नेपाल महिला चेम्वरसँग सहकार्य गर्ने गरिएको बताइन् ।

महिला उद्यमशीलता विकास गर्न भन्दै चेम्बरले यस अघि फोटोग्राफी, मैनबत्ती बनाउने तथा बेकरी तालिम आयोजना गरिसकेको छ । नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले आर्थिक रूपमा सम्पन्न नभएसम्म महिलाहरूको अधिकार सुनिश्चित नहुने बताइन् ।

प्रतिक्रिया