

२४ घण्टामा थप २८६ जनामा कोरोना पुष्टि, ४७९ जना संक्रमणमुक्त

काठमाडौं -पछिल्लाे २४ घण्टामा देशभर थप २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय २३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २०२ तथा एन्टीजेन विधिबाट ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४ सय ७९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ४ हजार ३४८ पुगेको छ । यही अवधिमा थप सङ्क्रमितको मृत्यु भने भएको छैन ।
नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९९२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३४३ जनाले मात्र कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

