

मकवानपुरमा खोला तर्ने क्रममा एक महिलाको मृत्यु

हेटौँडा – पश्चिम मकवानपुरको कैलाश गाउँपालिकामा खोला तर्ने क्रममा तीन जना महिलालाई बगाउँदा एक जनाको मृत्यु भएको छ ।
एक महिला बेपत्ता भएकी छन् । एक जना भने खोलाबाट निस्कन सफल भएकी छन् । कैलाश गाउँपालिका(१० स्थित धाँदरबाट नाम्सेदुङ जाने क्रममा मनहरी खोला तर्ने क्रममा विमला सुनार, माइलीमाया रुम्बा र सन्तमाया प्रजालाई खोलाले बगाएको हो ।
बगाएकोमध्ये सुनार पौडीएर निस्कन सफल भएकी हुन् । प्रजाको शव भेटिएको छ । खोलाले बगाएकी रुम्बा अझै बेपत्ता छन् ।

