नायिका नीता ढुंगाना अस्पताल भर्ना


काठमाडौँ- नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन्।  एपेन्डिसाइटिस भएपछि नीता काठमाडौंको मेडिसिटी अस्पतालमा भएकी हुन्।

नीताको आज (सोमबार) बिहान अप्रेसन गर्ने तयारी भइरहेको छ। मंगलबार पनि नीताको लाजिम्पाटमा हुने एक कार्यक्रममा सरिक हुने कार्यतालिका रहेकाे थियाे।

लाजिम्पाटमा भर्खरै सुरु गपिरएको म्यूम ब्यूटीपार्लरको उद्घाटनमा जाने क्रममा नीता बाटोमै बिरामी परेकी थिइन। बाटोमा अचानक पेट दुख्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

केही साता अघि मात्रै ज्योतिष हरिहर अधिकारीसँग विवाह गरेकी नीता फिल्म बनाउने तयारीमा छिन्।

प्रतिक्रिया