
गोरखाको सिरानचोकमा आज सार्वजनिक बिदा
काठमाडौँ-सिरानचोक गाउँपालिका १६ गते सार्वजनिक विदा दिएको छ । राष्ट्रिय विभूति अमरसिंह थापाको २०७ औ स्मृति दिवसको अवसरमा सिरानचोक गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तत्कालिन गोरखा राज्यको रक्षा किल्ला सिरानचोककोटमा वि.स १८३८ मा चौविसे राज्यहरुसगँ लडाईमा सौर्य र रणकौशलको प्रदर्शन गर्न सफल तथा नेपालको एकिकरणको लागि महानभुमिका खेलेका अमरसिंह थापाको २०६ औं स्मृति दिवसको अवसरमा यस सिरानचोक गाउँपालिकाको गाउँसभाको निर्णय अनुसार १६ गते गाउँपालिका भित्र सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले बताए ।
गाउँपालिकाको वडा नं ६ गाँखु स्थित अमरसिंह पार्कमा विविध कार्यक्रम गरी थापाको स्मृति दिवस मनाइने हुदा सम्पूर्ण पालिकावासीहरुलाई कार्यक्रममा सहभागी भईदिन उनले अनुरोध गरेका छन् ।



कागजपत्र |
