
यी स्थानमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं- देशका केही स्थानहरूमा गए राति भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाको दमक, उर्लाबारी, शनिश्चरे, चन्द्रगढी आसपास भारी वर्षा भएको छ। मेची विरिङ, निन्दा, रतुवालगायत साना खोलामा बाढीको जोखिम छ ।
नदीतटीय तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यता, बागलुङ, कास्की, तनहुँ, गोरखा र आसपास केही स्थानमा भारी बर्षा मापन गरिएको छ। उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।
उता, सुनसरीको इटहरी र आसपास भारी वर्षा मापन गरिएको छ। बूढी खोला, खेसलिया खोलालगायत सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।



कागजपत्र |
