

नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु

काठमाडौं – नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेक कम्पनी मिलेर बनाएको कोरोनाविरुद्धको उक्त खोप लगाएका १३ जनाको खोप लगाएको केही समयमै साइडइफेक्ट देखिएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको नर्वेको पत्रिका दी लोकलले जनाएको छ ।
यस्तै १० जनाको पनि खोप लगाएको केही घण्टामै मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा अधिकांश ८० वर्ष उमेर समूहका रहेका छन् । नर्वेमा लगभग ४२ हजार मानिसलाई फाइजरको कम्तीमा एक डोज दिइसकिएको छ । वृद्ध तथा अन्य व्यक्तिलाई यो खोप जोखिमयुक्त मानिएको समाचारमा उल्लेख गरिएको छ ।
सामान्य ज्वरो आएका व्यक्तिलाई केही मात्र असर देखिएपनि गम्भीर अवस्थाका बिरामीलाई भने खोप घातक रहेको नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले बताएका छन् ।
यस्तै चिकित्सक हार्टेमोले खोपको स्वरुप परिवर्तन गरिएको बताएका छन् । खोप निर्माता फाइजरले घटनाबारे नर्वे मेडेसिन एजेन्सीसँगको समन्वयमा अनुसन्धान भइरहेका जनाएको छ ।

