सशस्त्र प्रहरी अस्पताललाई महिला संघद्वारा पाठेघर जाँच गर्ने मेसिन प्रदान


काठमाडौं – ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष सरिता कणेल खनालले मंगलबार नेपाल एपीएफ अस्पताललाई करीव १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसिन प्रदान गरेकी छिन् ।

उनले अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनलाई उक्त मेसीन हस्तारन्तरण गरेकी हुन् ।

कार्यक्रममा संघकी अध्यक्ष खनालले सशस्त्र प्रहरी परिवार महिला संघलाई सहयोग पुर्याउने संघका कार्यकारीणी पदाधिकारी तथा सल्लाहाकार र नेपाल एपीएफ अस्पतालका डाक्टरलाइ प्रशंसा पत्र समेत प्रदान गरिन्।

अस्पताललाई प्राप्त मेशिनको प्रयोगले हाल प्रदान गरिरहेको सेवा थप प्रभाकारी हुने बिश्वास गरिएको छ ।

प्रतिक्रिया