मिस नेपाल-२०२२को फाइनल आज, २४ जना अन्तिम प्रतिस्पर्धामा


काठमाडौं – ‘मिस नेपाल २०२२’ को ग्राण्ड फिनाले आज हुँदैछ। ग्राण्ड फिनाले आज (शनिबार) साँझ ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ।

उपाधिका लागि २४ जना प्रतिस्पर्धामा छन्।

मिस नेपालको आयोजक संस्था ‘द हिडन ट्रेजर’का अनुसार उपाधिका लागि आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ प्रतिस्पर्धा गर्नेछन्।

यस वर्षको उपाधि विजेतालाई गत वर्षकी विजेता नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन्।

प्रतिक्रिया