भारतको सट्टा चीनबाट पेट्रोलियम पदार्थ आयात गरे झन महङ्गो : विश्वकर्मा


काठमाडौं – नेपाली काग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद मीन विश्वकर्माले हाल पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिलाई नियन्त्रण गर्ने नाममा चीनबाट पेट्रोलिय पदार्थ ल्याउँदा अहिलेको भन्दा झन महङ्गो हुने बताएका छन् ।

युक्रेनमा रसियाले आक्रमण गरेपछि पेट्रोलियम पदार्थ आपूर्तीमा कमीसँगै भएको मुल्यबृद्धिले नेपालमा समेत समग्र बजारमा मुल्यबृद्धि भएको छ । जसको सर्बत्र आलोचना भइरहेको बेला शुक्रबार प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफलमा भाग लिँदै सांसद विश्वकर्माले यस्तो दाबी गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक र सांसद यज्ञ सुनुवार र गणेशप्रसाद पहाडीको समर्थक रहेको पेट्रोलिय पदार्थको मुल्यबृद्धि अत्यधिक भएको र त्यसको विषयमाम अध्ययन गर्न संसदीय समिति गठनको माग गदै पेश भएको प्रस्तावमाथि बोल्दै सांसद विश्वकर्माले विदेशबाट आयत गर्ने वस्तुको मुल्य आफ्नो देशको नियन्त्रणमा नरहने स्पस्ट पारे ।

उनले भारतको सट्टा चीनबाट पेट्रोलियम पदार्थ सस्तो नपर्ने दाबी गरे । ‘भारतमा पेट्रोल प्रतिलिटर प्रतिलिटर एक सय ७४ रुपैयाँ, डिजेल प्रतिलिटिर एक सय ५३ रुपैयाँ र ग्यासमा एक हजार ६ सय पाँच रुपैयाँ रहेको छ । तर चीनमा पेट्रोल प्रतिलिटिर एक सय ७९ रुपैयाँ र डिजल एक सय ५५ रुपैयाँ छ । अनि चीनबाट पेट्रोलियम पदार्थ ल्याइयो भने मुल्य घट्छ?’, सांसद विश्वकर्माले प्रश्न गरे ।

एमालेका प्रमुख सचेतक भट्टराइले पेश गरेको प्रस्तावको समर्थन गर्दै एमालेका अर्का सांसद शेरबहादुर तामाङले पेट्रोलियम पदार्थमा भरतसँगको परनिर्भरता हटाउन तिब्बतबाट आयता गर्नु पर्ने र त्यसका लागि त्रिसुली नदिको किनारमा पाईपलाईन विच्छ्याउनु पर्ने विकल्प प्रस्तुत गरेका थिए ।

छलफलमा सांसद विश्वकर्माले चीनमा पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजेल प्रतिलिटर दु्ई रुपैयाँ महङ्गो देखिएको भन्दै सिगात्से वा केरुङबाट नेपाल आयात गर्दा ढुवानी लागत जोड्यो भने झन महङ्गो हुने तर्क गरे । उनले भने ‘ढुवानीको लागत जोडौं अनि रक्सौलबाट आएको पेट्रोलियम पदार्थ सस्तो हुन्छ कि सिगात्से वा केरुङबाट आयात गरिएको ?’

उनले नेपाल आयल निगम पनि राज्यको मातहतकै निकाय भएकाले जनतामा परेको मुल्यबृद्धिको चापलाई न्युन गर्नका लागि मुल्यबृद्धिको कारण खोज्दै समाधानका उपायका विषयमा छलफल आवश्यक भएको बताए । उनले जुन सरकारले मुल्य बढायो, त्यही सरकारले घटायो भनेर भन्नु भन्दा आयल निगमको स्वायत्त संचालक समितिले अटोमेसनको आधारमा आफै मुल्य निर्धारण गर्ने गर्दा मुल्य बृद्धि भएको हो भन्ने यथार्थलाई भुल्न नहुने बताए ।

सांसद विश्वकर्माले भने, ‘पेट्रोलियम पदार्थको मुल्यबृद्धि हुनुमा सरकारलाई दोषारोपण गरेर उम्कन खोज्नु हुँदैन । अहिलेको सरकारले गल्ती गर्यो पहिलेको सरकारले ठीक गर्यो भन्ने होइन । २०७४ फागुन ३ नयाँ सरकार आउँदा पेट्रोलको मुल्य ९३ रुपैयाँ, डिलेलको ७३ रुपैयाँ र ग्यासमा आजभन्दा ५ सय रुपैयाँ कम थियो । त्यसपछि हप्तैपिच्छे पेट्रोलियम पदार्थको मुल्य बृद्धि हुँदै डिजेलको एकसय तीन र पेट्रोलको एक सय ३९ रुपैयाँसम्म पुगेको विर्सनु हुँदैन ।’

उनले भने ‘ सरकारले नियमन गर्ने, चुहावट नियन्त्रण गर्ने, मुल्यबृद्धिको कारण पीडित भएकालाई राहतको प्याकेज ल्याएर सहयोग गर्ने हो । क्रयशक्ति कम भएको नागरिकलाई मुल्यबृद्धिले असर गर्ने हो । जसले बेची खान्छ उसलाई मुल्यबृद्धिले केही असर गर्दैन । जसले किनी खान्छ उसलाई मात्र असर गर्ने हो ।’

 

प्रतिक्रिया