म्यादी प्रहरीलाई सञ्चित प्रहरी बलका रूपमा राख्ने


काठमाडाैं – सरकारले म्यादी प्रहरीको रुपमा काम गरेकाहरुलाई सञ्चित प्रहरी बलका रूपमा राख्ने बताएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा चुनाव सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई तालिमसमेत दिएर विभिन्न क्षेत्रका काममा प्राथमिकता दिइने बताए ।

म्यादी प्रहरी बनेकाहरूलाई लक्षित गरेर विकास निर्माण, सीप विकास लगायतका कार्यक्रम ल्याइने अर्थमन्त्री शर्माले बताए।

प्रतिक्रिया