

रेल र मेट्रो रेलका ६ अर्ब ५३ करोड बजेट, ८५ स्थानमा चार्जिङ स्टेसन बनाइने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा रेल र मेट्रो रेल निर्माणको लागि ६ अर्ब बढी बजेट विनियोजन गरेको छ ।
आज संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले रेल तथा मेट्रोरेल निर्माणका लागि ६ अर्ब ५३ करोड छुट्टयाएको बताए ।
त्यसैगरी सुरुङ मार्ग निर्माणका लागि १ अब ७७ करोड छुट्टयाएको बताए ।
८५ स्थानमा चार्जिङ स्टेसन बनाइने
विद्युतीय सवारी साधनको प्रयोग बढाउन नेपाल विद्युत प्रधिकरणले ८५ स्थानमा चार्जिङ स्टेसन बनाउने अर्थमन्त्रीले जनार्दन शर्माले बताएका छन् ।
साथै बजेट प्रस्तुत गर्दै शर्माले नीजि पेट्रोल पम्पहरुमा चार्जिङ स्टेसन बनाउने सरकारले प्रोत्साहन गर्ने बताए ।

