मेलम्ची खानेपानी विकास समिति खारेज, पाइपलाइन बिच्छ्याउन १ अर्ब ९२ करोड रुपैयाँ बजेट


काठमाडाैं – सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको जानकारी दिएका हुन् ।

उनले अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्ने बताए । अहिलेसम्म मेलम्ची खानेपानी विकास समितिले नै मेलम्ची खानेपानी आयोजना निर्माणको काम गर्दै आएको थियो ।

यस्तै सरकारले आउँदो आर्थिक वर्षको बजेटबाट चक्रपथ बाहिर पनि मेलम्चीको खानेपानी वितरणका लागि पाइप बिछ्याउन थाल्ने घोषणा गरेको छ । यसका लागि सरकारले एक अर्ब ९२ करोड बजेट छुट्याएको छ ।

प्रतिक्रिया