कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो, निर्माणका काम दुई सिफ्टमा


काठमाडौं – सरकारले सबै राष्ट्रसेवक कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी साउन १ गतेबाट खाइपाइ आएको भन्दा १५ प्रतिशत तलब सुविधा वृद्धि गरेको जानकारी दिए ।

त्यसैगरी कामदारहरुको तलब समेत वृद्धि गर्ने बताए ।

अबदेखि निर्माणका काम दुई सिफ्टमा

अर्थमन्त्री जनार्दन शर्माले अबदेखि निर्माणका काम दुई सिफ्टमा हुनुपर्ने बताएका छन् । निर्माण व्यवसायीहरुले आफ्ना निर्माण क्षेत्रमा अनिवार्य रुपमा दुई सिफ्टमा काम गर्नुपर्ने बताएका हुन् ।

 

प्रतिक्रिया