आगामी वर्षलाई बजार अनुगमन वर्षको रुपमा मनाइने, अविवाहितलाई आयकर छुट
काठमाडौं – सरकारको बजारको अनुगमनलाई आगामी आर्थिक वर्षमा विशेष जोड दिने भएको छ । सरकारले २०७९/८० लाई बजार अनुगमन वर्षको रुपमा मनाइनेसमेत घोषणा गरेको छ ।
२०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस विषयमा जानकारी दिएका हुन् ।
अविवाहितले वार्षिक ५ लाख रुपैयाँसम्म कर तिर्न नपर्ने
अबदेखि अविवाहितले वार्षिक ५ लाख रुपैयाँ आम्दानीमा कुनै आयकर तिर्नुपर्ने छैन । उनीहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरे पुग्ने छ ।
अहिले अविवाहित व्यक्तिको हकमा चार लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत कर लाग्छ ।दम्पत्तिको हकमा भने यस्तो करको सीमा ४ लाख ५० हजार रहेको छ ।
२०७९/८० को बजेट प्रस्तुत गर्दै जनार्दन शर्माले यस विषयमा जानकारी दिएका हुन् ।