झडपमा मतदान अधिकृत घाइते, उद्दारका लागि सेनाको हेलिकोप्टर हुम्लातिर


हुम्ला – झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकोप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकोप्टर हुम्ला उडेको हो ।

ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए । उनले घाइतेहरुलाई सुर्खेत ल्याएर उपचार गरिने बताए ।

मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो । घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो ।

प्रतिक्रिया