अभियानसहित माओवादी अध्यक्ष प्रचण्डको टोली कर्णाली प्रवेश


दैलेख — अध्यक्ष प्रचण्ड नेतृत्व को मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिम सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको छ।

बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो। उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इञ्चार्ज कालीबहादुर खामको नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरे ।

कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीलाई भव्य स्वागत गरेका छन्। अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद व्यक्त गर्दै राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया