

तोकिएको अवधिमा २४ बीमा कम्पनीहरुले मात्रै बुझाए पूँजी वृद्धिको योजना

काठमाडौं – बीमा समितिको निर्देशन अनुसार तोकिएको अवधिमा २४ वटा बीमा कम्पनीहरुले मात्रै पूँजी वृद्धिको योजना पेश गरेका छन् ।
समितिले निर्देशन दिएको एक महिना भित्र १२ वटा कम्पनी जीवन कम्पनी र १२ वटै निर्जीवन बीमा कम्पनीले मात्रै पूँजी वृद्धिको योजना बुझाएका हुन् ।
अझै १४ वटा बीमा कम्पनीहरुले समितिको निर्देशन अनुसार पूँजी वृद्धिको योजना पेश गर्न नसकेका हुन् । पूँजी वृद्धिको योजना पेश नगर्नेमा ६ वटा जीवन बीमा कम्पनी र ८ वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् ।
समितिले गत चैत १० गते एक महिना भित्र बीमा कम्पनीहरुलाई पूँजी वृद्धिको योजना पेश गर्न निर्देशन दिएको थियो । त्यस अनुसार बीमा कम्पनीहरुले कम्पनीहरु सञ्चालक समितिबाट निर्णय गराई पूँजी वृद्धिको योजना पेश गर्नुपर्ने थियो ।
समितिको निर्देशन अनुसार पूँजी वृद्धिको योजना पेश नगर्नेलाई कारबाही गर्ने बीमा समितिको तयारी छ ।

