काँग्रेसबाट गोरखा नगरपालिकाकाे मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताद्वारा कुटिए


गोरखा – गोरखामा गोरखा नगरपालिकाका मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात गरेका छन्। नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार श्रेष्ठमाथी बसपार्कस्थित बैंकरोडमा फोटो खिचिरहेको अवस्थामा कांग्रेसकै असन्तुष्ट समूहले हातपात गरेको हो।

गोरखामा अहिलेकै मेयर राजनराज पन्त पुनः मेयरको उम्मेदवार बन्ने लाइनमा थिए। अन्तिम समयमा पन्तको टिकट श्रेष्ठले खोसेको आरोप लगााउँदै विवाद चर्केको छ। मेयरको टिकट वितरणमा असन्तुष्ट जनाउँदै कांग्रेस पार्टी कार्यालय तीनधारेमा पनि ताला लगाइएको छ।

प्रतिक्रिया