

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी सेतो हेरोईन सहित एक विदेशी नागरीक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी अवैध लागूऔषध सेतो हेरोईन सहित जामबियन नागरिक राहदानी नम्बर ८४०१३१ वाहक ३५ वर्षीया LALNUNPUII लाई बैशाख ३ गते बिहान प्रहरीले पक्राउ गरेको छ ।
कतार एयरवेजको उडानद्वारा दक्षिण अफ्रिकाको जोहानसवर्गबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई विमानस्थलमा जाँच गर्ने क्रममा सुटकेसभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त हेरोईन फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उक्त लागूऔषध लिन आएकी भारत घर भएकी राहदानी नम्बर ८८७९६८७ वाहक ३५ वर्षीया ीब्ील्ग्ल्एग्क्ष्क्ष् लाई बैशाख ४ गते काठमाडौं महानगरपालिका(२ लाजिम्पाटबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरू उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ४ सय एम्पुल डाईजेपाम, ४ सय एम्पुल नुर्फिन र ४ सय एम्पुल फेनारगन सहित धनुषा जनकनन्दनी गाउँपालिका-२ बस्ने २३ वर्षीय हेमन्त यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१ प १२३२ नम्बरको बसलाई नागढुंङ्गास्थित चेक प्वाईन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार हेमन्तलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका.५ घर भई हाल सोही उपमहानगरपालिका(२ मनकामना टोल डेरा गरी बस्ने ३३ वर्षीय सन्तोष पोखरेललाई ६ ग्राम ६ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सन्तोषको डेरा जाँच गर्ने क्रममा पूजा गर्ने र्याकमा शंखभित्र लुकाई राखेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

