सेयर बजार सामान्य अंकले बढ्यो, १ अर्ब ६२ करोड रुपैयाँको कारोबार


काठमाडाैँ-   आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४.९४ अंकले बढेको हो । यससँगै परिसूचक २३ सय २५ अंकमा पुगेको छ । यसक्रममा आज १ अर्ब ६२ करोड रुपैयाँ बराबरको ३९ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार भएका १३ मध्ये ८ समूहमा सुधार आएको छ । जीवन बीमा समूहमा ७४ अंक, अन्य समूहमा ३५ र विकास बैंक समूहमा ३५ अंकको सुधार आउँदा होटल र टुरिजम समूहमा ३० अंकको सुधार आएको छ ।

यीबाहेक, जलविद्युत समूह १० अंकले बढेको छ भने उत्पादनमूलक समूह १३ तथा लघुवित्त समूह ६ अंकले बढ्दा लगानी समूह ०.३४ अंकले उकालो लागेको छ ।

यस दिन दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०९.७० रुपैयाँ पुगेको छ । ग्रीन भेञ्चर लिमिटेडको सेयरमूल्य समेत १० प्रतिशतले बढेर ३६०.८० रुपैयाँ पुगेको छ ।

समिट लघुवित्त ७.५९, गणपति लघुवित्त ६.४८, जनउत्थान लघुवित्त ६.०६, युनियन लाइफ इन्स्योरेन्स ४.०४, न्यादी हाइड्रोपावर ४, पञ्चकन्या माइ, साधना लघुवित्त, किसान लघुवित्त र आरएमडीसी लघुवित्तको शेयरमूल्य साढे ३ प्रतिशतले बढेको छ ।

यसैगरी, आज निर्जीवन बीमा समूहमा ८५ अंकको गिरावट आएको छ । यस्तै, व्यापार समूहमा १८ तथा वित्त समूहमा १२ अंकले गिरावट आउँदा बैंक समूह ४ अंकले घटेको छ ।

बिहीबार नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । नबिल बैंकको ५ करोड र सूर्य लाइफ इन्स्योरेन्स साढे ४ करोड बढीको कारोबार भएको छ ।

 

प्रतिक्रिया