चिनियाँ पेस्तोल र गोलीसहित बर्दिबासबाट १ पक्राउ


बर्दिबास – प्रहरीले बर्दिबासबाट पेस्तोल र गोलीसहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी औरही र हातिलेटबाट खटिएको प्रहरीको एक टोलीले बर्दिबास नगरपालिका वडा नं. १३ बिजलपुरा डाँडाटोलमा स्थानीय लालबाबु भण्डारीले विवाहको गाडी तोडफोड गर्दै स्थानीयलाई आतंकित गराएको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीले भण्डारीको साथबाट ९ एमएम अटोमेटिक चिनियाँ पेस्तोल, म्याग्जीन १ र पेस्तोलमा लोड भएको मिस फायर भएको गोली १ थान पनि बरामद गरेको छ । भण्डारीलाई प्रहरीले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखेको जनाएको छ ।

प्रतिक्रिया