शेयर बजार १३ अंकले बढ्याे, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार


काठमाडौं– पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज मंगलबार भने बढेको छ । नेप्से मंगलबार १३.३७ अंकले बढेको हो ।वृद्धिपछि परिसूचक २३५७ अंकमा पुगेको छ । सेन्सिटिभ सूचक ३.६१ अंकले बढ्यो ।

कारोबार रकम भने घटेको छ । सोमबार १ अर्ब ५३ करोडको कारोबार भएकोमा मंगलबार १ अर्ब ३२ करोडमा खुम्चियो ।

आज सबै समूहको शेयर उकालो लागेको छ ।  बैंकिङ ६, व्यापार ०.८, होटल तथा पर्यटन ३१, विकास बैंक ३२, जलविद्युत ११, फाइनान्स ७, निर्जीबन बीमा ६२, उत्पादन २४, अन्य १९, माइक्रोफाइनान्स ३३ र जीवन बीमा उपसमूह ९७ अंकले बढे । नेस्डो सम्वृद्ध लघुवित्त र ग्रीन भेन्चरको मूल्य १० प्रतिशतले बढेको छ । दिव्यश्वरी हाइड्रोको मूल्य सबैभन्दा धेरै ८.८ प्रतिशतले घट्यो ।

समग्रमा बजार बढे पनि दिव्येश्वरी हाइड्रोको शेयर झन्डै ९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया