विस्फोटक पदार्थको निर्यातमा लगाएको रोक भारतले हटायो


भारतले विस्फोटक पदार्थको निर्यातमा लगाएको रोक हटाएको छ। पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले मंगलबार सूचना जारी गरेर यसअघि लगाइएको प्रतिबन्ध हटाएको जनाएको हो।

तत्काल लागू हुने गरी यस्तो प्रतिबन्ध हटाइएको हो। चैत ३० गते संगठनले अनिश्चितकालका लागि विस्फोटक पदार्थको निर्यात गर्न रोक लगाएको थियो। आन्तरिक बजारमा विस्फोटक पदार्थको अभाव भएको कारण देखाउँदै भारतले विस्फोटक पदार्थको निर्यातमा रोक लगाएको थियो।

योसँगै भारतको विस्फोटक पदार्थमा भर पर्दै आएका नेपालका कैयौं जलविद्युत् र सडक निर्माण आयोजना मर्कामा पर्ने व्यवसायीहरूले अनुमान गरेका थिए। तर, भारतले एक सातामै प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

प्रतिक्रिया