

देशभर थप १९ जनामा कोरोना पुष्टी, ४९ जना कोरोनामुक्त

काठमाडौं — पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पीसीआरबाट १५ र एन्टिजेन परीक्षणबाट ४ जनामा कोरोना पुष्टि भएको छ ।
यस अवधिमा ४ हजार ७१५ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ३ हजार ३४९ र एन्टिजेन परीक्षण १३६६ भएको छ । २४ घण्टामा ४९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।
२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ०=४ प्रतिशत रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

