देशभर थप १२ मा कोरोना पुष्टी हुँदा ८९ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गएिको ४ हजार ३४९ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै गत २४ घन्टामा नेपालमा थप ८९ जना संक्रमणमुक्त भएका छन् भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

No photo description available.

नेपालमा अहिलेको अवस्थामा ६६९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया