माओवादी केन्द्रले आँधिखोला गाउँपालिकाको उम्मेदवार टुंगायो


स्याङ्जा – सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले स्याङ्जाको आँधिखोला गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।

पालिका कमिटीको बुधबार बसेको बैठकले गाउँपालिका अध्यक्षमा हरिप्रसाद ढकालको नाम सर्वसम्मत टुंगो लगाएको हो ।

ढकाल माओवादी केन्द्रको खानेपानी तथा सरसफाइ विभागका केन्द्रीय सदस्य समेत हुन् । यस गाउँपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो ।

प्रतिक्रिया