कर्णालीबाट बाहिरियो माओवादी, पहिलो पटक प्रतिपक्षमा


सुर्खेत – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ। सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकार छोडेका हुन्।

माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले राजीनामा दिएका छन्।

एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकारमा अब कांग्रेस सहभागी हुने भएको छ। केन्द्रमा कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति अनुसार कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ।

योसँगै कर्णालीमा पहिलो पटक माओवादी प्रमुख प्रतिपक्षीमा पुगेको छ।

प्रतिक्रिया