पोखराको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी, डेढ करोड बढीको क्षति


पोखरा- पोखराको मुक्तिनाथ सपिङ सेन्टरमा गएराति आगलागी भएको छ।

आगलागीका कारण ६ बैदाम नारेश्वर चोकमा रहेको सपिङ सेन्टरमा करिब डेढ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ। आगो विद्युत सर्ट भई भएको बताइएको छ ।

बुधबार बिहान करिब २ बजेर १५ मिनेटमा आगलागी भएकोमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगमा ३ बजेर ५ मिनेटमा आगो नियन्त्रणमा आएको थियो । तर, आगलागीले सपिङ सेन्टर जलेर ध्वस्त भएको छ ।

जसमा सपिङ सेन्टरको वाइन सप, ग्रोसरी सप र कस्मेटिक सप पूर्णरुपमा क्षति भएको हो ।

स्याङ्जा आँधीखोला ४ सुजन गहतराजले स्थानीय स्थानेश्वर पहारीको घरमा उक्त सपिङ सेन्टर संचालन गर्दै आएका थिए ।

 

प्रतिक्रिया