आत्माआलोचना गर्दै पुनः माओवादीमै फर्किए डल्लाकोटी


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बागमती प्रदेश कमिटी सदस्य  पित्तबहादुर डल्लाकोटी पुन माओवादीमै फर्किएका छन् ।

धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वाचित डल्लाकोटी हिजोमात्रै नेकपा एमाले प्रवेश गरेका थिए ।

उनले एक विज्ञप्ति जारी गर्दै क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको बताएका छन् । उनले आफ्नो गल्तीले पार्टीमा परेको क्षतिप्रति गम्भीर आत्माआलोचना गरेको बताएका छन् ।

प्रतिक्रिया