
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
पोखरा – गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो।
प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरू भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ।



कागजपत्र |
