नेपालमा थपिए २६ संक्रमित, ७७ जना कोरोनामुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २६ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको ५ हजार १ सय ९२ परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा भने संक्रमित थपिएका छैनन् ।

मन्त्रालयले गत २४ घन्टामा ७७ जना कोरोनामुक्त भएको जनाएको छ भने कुनै पनि संक्रमितको मृत्यु नभएको जनाएको छ ।

नेपालमा अहिलेको अवस्थामा १ हजार १४६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया