

मोटरहेडको ‘स्क्र्याच एन्ड क्याच द क्यास’अफर : बाइक किन्दा १ लाख सम्म छुट

काठमाडौं – एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड टेड प्रालिले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्र्याच एन्ड क्याच द क्यास’ नामक अफर सञ्चालनमा ल्याएको छ ।
उक्त अफर अन्तर्गत कम्पनीले चैत १५,देखि ३१ वैशाख २०७९ सम्म मोटरहेडका बाइक खरिद गर्ने आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि ७ हजार देखि १ लाख रुपैयाँ सम्म स्क्र्याच गरी छुट पाउन सकिने व्यवस्था लागू गरेको छ । अफर अवधिभर खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९ सय प्रदान गरिनेछ ।
मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्सरसर्भिसरस्पेयरको सुविधा सहित डिलर रहेको छ । साथै बिक्री पछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारिक मर्मत केन्द्रको पनि विस्तार गर्दै आएको छ ।
हाल मोटरहेडका बाइकहरु ३ लाख ५ हजार देखि शुरु भई अधिकतम ४ लाख ५५ हजार रुपैयाँ सम्मको मूल्यमा उपलब्ध छन् । सबैको पहुँचमा रहेको मोटरहेड वाइकको यही मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो बाइक मन पराइएको जानकारी कम्पनीले दाबी गरेको छ ।

