४० लाखभन्दा बढी युक्रेनीले देश छाडे : राष्ट्रसङ्घ


जेनेभा – रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले बुधबार देखाएको छ।

युनएचसिआर संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४, ०१९, २८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए ।

ती मध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्यान्ड गएका थिए।

 

प्रतिक्रिया