कमला र राजश्रीलाई फेसियल हाउसको सम्मान


काठमाडौं–नेपालको अग्रणी ब्यूटी सैलुन फेसियल हाउसले आफ्नो १३ औं वार्षिक उत्सव मनाएको छ । राजधानीको जमलमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्वमा भएको कार्यक्रममा सभासद शान्ता चौधरी र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष उपस्थिति थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडका नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ वरिस्ठ सौन्दर्यविद प्रा. डा. राजश्री श्रेष्ठ लयायतको उपस्थिती रहेको थियो । फेसियल हाउसका संरक्षक तथा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले नेपालमा महामारीका समयमा लगानीको वातावरण नहुँदा पनि आफूले लगानी गरेको बताए । कार्यक्रममा सौन्दर्यविदद्व्य प्रा. डा. राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई फेसियल हाउस सम्मान २०२० बाट सम्मानित गरिएको थियो ।

नेकपाकी सचेतक शान्ता चौधरीले फेसियल हाउसले प्रवाह गर्दै आएको सेवाको तारिफ गर्दै महिला उद्यमशिलताको क्षेत्रमा विशिस्ठ योगदान पुर्याउदै आएको बताइन् । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोरोना महामारीका कारण महिला उद्यमीहरु बढी प्रभावित बनेको उल्लेख गर्दै कोरोनाको महामारी अझै नसकिएको हुँदा सुरक्षित भएर व्यवसाय गर्नुपर्ने बताईन ।

प्रतिक्रिया