उखु किसान ठग्नेविरूद्ध सरकारको एक्सनः अपराध महाशाखाले समात्यो चिनी मिल मालिक


काठमाडौं– उखु किसान ठग्नेविरूद्ध सरकारले कडा कदम चालेको छ। गृह मन्त्रालयको निर्देशनअनुसार किसानलाई भुक्तानी नदिने चिनी मिल मालिक पक्राउ गर्न थालिएको हो।

यहि क्रममा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पर्सा प्रहरीसँगको समन्वयमा पक्राउ गरेको छ।

उक्त चिनी मिल सुशिला गोयलको नाममा छ। सुशीला मनोजकी भाई बुहारी हुन्। अंशबन्डाका क्रममा मिल मनोजको नाममा आएको थियो।

यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको मिल प्रशासनले जनाएको छ। उखु किसानको मात्र १७ करोड भुक्तानी दिन बाँकी रहेको छ।

यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए।

१ वर्षअघिको सम्झौता कार्यान्वय नभएको भन्दै गत मंसिर २८ गतेदेखि किसानहरू फेरि आन्दोलनमा आएपछि सरकारसँग ४ बुँदे सहमति भएको थियो। २१ दिनभित्र चिनी मिललाई भुक्तानीको लागि म्याद तोकिएको छ।

प्रतिक्रिया