देशभर थप २३ जनामा कोरोना संक्रमण, २१५ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा २३ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा गरिएको ५२२२ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २१५ जना संक्रमितले कोरोनाविरुद्ध जित हात पारेका छन् ।

त्यस्तै मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५५८ रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि ज्यान भने नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया