

मिस नेपाल नम्रता स्वदेश फिर्ता

काठमाडौं – मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छन् । अमेरिकाको पुएर्तो रिकोमा आयोजित ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी भएर उनी सोमबार स्वदेश फर्किएकी हुन् ।
‘मिस वर्ल्ड’ को प्लेटफर्ममा आफुले नेपाल चिनाउन सफल भएको उनले बताएकी छन् । प्रतियोगितामा हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी अन्तिम ३० बाटै बाहिरिएकी थिइन् ।
प्रतियोगितामा सहभागी हुन उनी गत फागुन २६ मा अमेरिका उडेकी थिइन् ।

