देशभर थप ४५ जनामा कोरोना पुष्टी, १४७ संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ४ हजार ७ सय ५२ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १४७ जना कोरोनामुक्त भएका छन् भने कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् ।

नेपालमा अहिलेको अवस्थामा ३ हजार १३५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया