

नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठक सुरू

काठमाडौं – नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांकेटमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
आजको बैठकमा आसन्न स्थानीय तह निर्वाचनको विषयमा छलफल हुनेछ । स्थानीय निर्वाचनसँगै समसायमयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पहिलो पटक पोलिटब्यूरो बैठक बसेको हो ।

