देशभर थप ५१ जनामा कोरोना संक्रमण, ३९२ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ९ सय १४ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरबाट ३९२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ९९६ रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा ११ हजार ९ सय ५० जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया