देशभर थप ८२ जनामा कोरोना पुष्टी, २१३ जना संक्रमणमुक्त


काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍.संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट ४१ र एन्टिजेन परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको छ ।

यस अवधिमा ६ हजार १७५ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ४ हजार ७९० र एन्टिजेन परीक्षण १३८५ भएको छ । २४ घण्टामा २१३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।

२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ०.९ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया