धीरज सिंह, रवीन्द्र धानुक र बसन्त पन्त एआईजी बढुवामा सिफारिस


काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डिआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ।

गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिले डिआईजीत्रय धिरज प्रताप सिंह, रवीन्द्र धानुक र बसन्त पन्तलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो।

५ फागुनमा सरकारले नेपाल प्रहरीमा एआईजीको ३ वटा नयाँ दरबन्दी थप्ने निर्णय गरेको थियो। थपिएको दरबन्दीमा सिंह, धानुक र पन्तलाई बढुवा सिफारिस गरिएको हो। अब नेपाल प्रहरीमा ८ जना एआईजी रहनेछन्।

सिंह र धानुक एउटै ब्याची हुन्। उनीहरुका ब्याची विश्वराज पोखरेल र सहकुल थापा यसअघि नै एआईजी भइसकेका छन्। त्यस्तै पन्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।

प्रहरी नियमावली २०७१ को नियम २७ अनुसार गृह सचिवको अध्यक्षतामा रहेको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।

प्रतिक्रिया